सेरेना सन्यासको योजनामा
मंगलबार, २४ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । पूर्व विश्व नम्बर एक महिला टेनिस खेलाडी सेरेना विलियम्सले खेल जीवनबाट सन्यास लिने बताएकी छिन्।
४० वर्षिया सेरेनाले युएस ओपनपछि टेनिस खेल जीवनबाट सन्यास लिने बताएकी हुन् ।
भोग म्यागजिनको कभरमा रहेकी सेरेनाले म्यागजिनसँग कुरा गर्दै आफु सन्यासको लागि तयार रहेको बताएकी हुन् ।
'यो मैले कल्पना गर्न सक्ने सबैभन्दा कठिन कुरा हो,' सेरेनाले भनेकी छिन्, 'म यो समाप्त होस् भन्ने चाहन्न, तर यसै समयमा भने म तयार छु ।'
२३ पटकको ग्रान्डस्लाम विजेता सेरेना पछिल्लो समय लय भन्दा बाहिर रहेकी छिन् । तर, उनी आगामी महिना हुने युएस ओपन खेल्न चाहन्छिन् ।
अमेरिकन सेरेनाले ६ पटक युएस ओपन जितेकी छिन् ।
सेरेना सन्यासको योजनामा









-1770548725823.jpeg&w=3840&q=75)



-1770487281088.png&w=3840&q=75)

