काठमाडौं । क्यानडामा भएको टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा एभरेष्ट तेक्वान्दो डोजाङ उत्कृष्ट टिम बनेको छ ।
क्यानडाको टोरन्टोमा भएको च्याम्पियनसिपमा एभरेस्ट तेक्वान्दो डोजाङले १६ स्वर्ण, ७ रजत र ११ कांस्य पदक जित्दै उत्कृष्ट टिम बनेको हो ।
टोरेन्टोका भेराइटी भिलेजमा भएको च्याम्पियनसिपमा स्पाइरिङ र पुम्सेमा दुवैतर्फ पदक जित्न सफल भएको नेपाली टोलीका प्रशिक्षक बद्रीप्रसाद घिमिरेले जानकारी दिए ।
च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएकाले प्रतियोगिता आायोजक योङ चोङले एभरेष्ट एकेडेमीलाई बिशेष ट्रफिले समेत सम्मान गरेको एभरेष्टका प्रमुख धिरेन्द्र शाहीले जानकारी दिए ।
ब्राम्पटन र स्कारवोरोमा सञ्चालित एभरेस्टबाट ४५ खेलाडीले दुई विधामा चुनौती प्रस्तुत गरेका थिए । नेपाली टोलीको प्रशिक्षकमा धिरेन्द्र शाही, यादव कुँवर र रबिन जोशी थिए ।
च्याम्पियनसिपमा क्यानडा लगायत ३० राष्ट्रका करिब ११ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।