काठमाडौं । विम्बल्डन टेनिस अन्तर्गत पुरुषतर्फको फाइनल खेल आज आइतबार हुँदैछ ।
लण्डनस्थित सेन्टर कोर्टमा हुने फाइनलमा सर्बियन नोभाक जोकोभिच र अष्ट्रेलियन निक क्रिगोस भिड्ने छन् । फाइनल खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
साविक विजेता तथा विश्व नम्बर एक जोकोभिच निकलाई हराउँदै लगातार दोस्रो पटक उपाधि उचाल्न चाहन्छ ।
जोकोभिच ६ पटकको विम्बल्डन च्याम्पियन समेत हुन् । उनी सातौं पटक विम्बल्डन जित्ने योजनामा छन् ।
यता, निक भने पहिलो पटक विम्बल्डनको उपाधि उचाल्ने योजनामा रहेका छन् । उनी पहिलो पटक फाइनल पुगेका हुन् ।
सेमिफाइनलमा राफायल नाडालबाट वाकओभर पाएर निक फाइनल पुगेका हुन् । चोटको कारण नाडालले सेमिफाइनल खेल त्यागेका थिए ।
जोकोभिचले भने सेमिफाइनलमा बेलायतका क्यामरुन नोरीलाई हराएका थिए ।

महिलातर्फको उपाधि काजकिस्तानकी इलिना राइबाकिनाले जितेकी छिन् ।
फाइनलमा ट्युनिसियाकी ओन्स जाबेरलाई हराउँदै राइबाकिना विम्बल्डनको नयाँ च्याम्पियन बनेकी हुन् ।