काठमाडौं । काजकिस्तानकी इलिना राइबाकिनाले विम्बल्डन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छिन् ।
शनिबार भएको फाइनलमा ट्युनिसियाकी ओन्स जाबेरलाई हराउँदै राइबाकिना विम्बल्डनको नयाँ च्याम्पियन बनेकी हुन् ।
१७ औं वरियताकी राइबाकिनाले जाबेरलाई ३-६,६-२ र ६-२ ले पराजित गरिन् ।
२३ वर्षीय राइबाकिनाको यो करियरको पहिलो ग्रान्डस्लाम उपाधि हो । यस्तै उनले पहिलो पटक विम्बल्डनको उपाधि जितेकी हुन् ।
राइबाकिना ग्रान्डस्लाम जित्ने र विम्बल्डन जित्ने पहिलो काजाकिस्तानको खेलाडी बनेकी छिन् ।
पुरुषतर्फको उपाधिका लागि नोभाक जोकोभिच र निक क्रिगोस भिड्ने छन् ।