सेरेना पहिलो खेलमै पराजित
बुधबार, १५ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । पूर्व विश्व नम्बर एक सेरेना विलियम्स विम्बल्डन टेनिसको पहिलो खेलमै पराजित भएकी छिन् ।
मंगलबार राति भएको खेलमा सेरेना पहिलो चरणमा फ्रान्सेली खेलाडी हार्मोनी टानसँग पराजित भईन् ।
सेन्टर कोर्टमा सेरेनालाई टानले ७-५, १-६ र ७-६ (१०-७) को सेटमा पराजित गरिन् ।
अब टानले दोस्रो चरणमा स्पेनिस सारा टोर्मोसँग खेल्ने छिन् ।
एक वर्षपछि कोर्ट फर्किएकी ४० वर्षिया सेरेना ७ पटकको विम्बल्डन च्याम्पियन हुन् ।
सेरेना पहिलो खेलमै पराजित









-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)



-1770487281088.png&w=3840&q=75)
