राडुकानु र मर्रेको सुखद सुरुआत
मंगलबार, १४ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । बेलायती महिला टेनिस खेलाडी ईमा राडुकानुले विम्बल्डन टेनिसमा विजयी सुरुआत गरेका छन् ।
चर्च रोडस्थित सेन्टर कोर्टमा सोमबार राति बेल्जियमकी एलिसन भानलाई हराउँदै राडुकानुले सुखद सुरुआत गरेकी हुन् ।
बेलायती नम्बर एक खेलाडी राडुकानुले भानलाई ६-४ र ६-४ ले पराजित गरिन् ।
अब राडुकानुले दोस्रो चरणमा कारोलिना गार्सियासँग खेल्ने छिन् ।
पुरुषतर्फ बेलायती एन्डी मर्रेले जित हासिल गर्दै दोस्रो चरणमा स्थान पक्का गरे ।
मर्रेले अष्ट्रेलियाका जेम्स डकवर्थलाई ४-६,६-३,६-२ र ६-४ ले पराजित गरे ।
मर्रेले अब अमेरिकाका जोन इस्नरसँग खेल्ने छन् ।
राडुकानु र मर्रेको सुखद सुरुआत









-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)



-1770487281088.png&w=3840&q=75)
