काठमाडौं । सन् २०२२ ले एउटा तथ्य स्पष्ट भन्न चाहेको छ, खेलकुदमा उमेर नै सबथोक होइन् । अथवा भनौं, बढ्दो उमेर कुनै समस्या होइन् । केही पाका खेलाडीले देखाएका छन्, जति बढी उमेर भएको छ, सफलता पनि उति बढी प्राप्त भएको छ । धेरै के मान्छन् भने ३० वर्षपछि खेलाडीको प्रदर्शनमा ओरालो लाग्छ । सायद ३५ वर्षपछि त खेलाडी पक्कै पनि त्यस्तो हुन्न, जस्तो पहिला थियो । सायद के पनि हो भने यसमा सत्यता छैन्, यसलाई दाबीका रूपमा प्रस्तुत गर्न अनेक उदाहरण छन् ।
पछिल्लो समय टेनिसमा राफेल नाडालले धमाका मच्चाइरहेका छन्, त्यस्तै स्थिति बास्टेबलमा स्टेफन करीको छ । करी आफ्ना सबै आलोचकलाई स्तब्ध पार्दै मज्जाले खेलिरहेका छन् । अमेरिकी फुटबलका टम ब्राडी यस्तै खेलाडी हुन्, जसलाई बढ्दो उमेर छुन पनि सकेको छैन् । उनी त ४४ वर्षका भए र यो खेलमा यति धेरै सक्रिय छन् कि उनको एक मात्र उद्देश्य भनेको उपाधि जित्नु रहेको छ । यस्तोमा सबैको ध्यान लियानेल मेसीमा केन्द्रित हुन सक्ने छ ।

प्रश्न हो, के यी अर्जेन्टिनी खेलाडीले अबको विश्वकप जित्ने छन् त ? विश्व फुटबलले पाएका एक महान खेलाडी पछिल्लो समय फेरि लयमा फर्केका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि उनको खेल ठीकै मात्र रह्यो, तर आफ्नो देशको जर्सि लगाएपछि उनको प्रदर्शन अचेल अर्कै स्तरको हुन लागेको छ । कोही खेलाडी ३० अथवा ४० वर्ष नाघिसकेपछि पनि उत्तिकै समान स्तरले प्रदर्शन गरिरहन सक्नु पछाडिको कारण के हुन सक्छ त ?
यो खेल वैज्ञानिकले गर्नु पर्ने अनुसन्धान नै हो । यसको एउटा उत्तर के हुन सक्छ भने यो उमेरका खेलाडीले आफूलाई स्वस्थ र फिट रहन धेरै मिहिनेत गरेका छन्, अनि आफ्नो मानसिक स्थिति पनि उत्तिकै दरिलो बनाउने कुनै उपाय छाडेका छैनन् । टेनिसका नाडाल जत्तिको राम्रो र सटिक उदारहण यस तथ्यमा अरू कुनै हुन सक्दैन् । साँच्चै विश्वास नहुन सक्छ, नाडालले भर्खरै भनौं, २२ औं कीर्तिमानी ग्रान्ड स्लाम जितेका छन् र अझै खेल्न जारी राखेका छन् ।
उनी ३६ वर्षका भए र उनले अहिले नै सन्यास लिनु पर्ने कुनै कारण देखिन्न । यी स्पेनी खेलाडी विश्व टेनिस इतिहासकै सर्वाधिक महान खेलाडी भइसकेका छन् । आधुनिक टेनिसमा तीन खेलाडीलाई सबैभन्दा बढी उच्च सम्मानको दृष्टिकोणले हेरिन्छ, र त्यसमा एक हुन्, यिनै नाडाल । अरू दुई रोजर फेडेरर र नोभाक जोकोभिच । फेडेरर र जोकोभिचलाई उछिनेर नाडालले केही दिन अगाडि फ्रेन्च ओपन जिते र आफूले जितेको ग्रान्ड स्लाम उपाधिको संख्या २२ पुर्याए ।

सन् २०२२ को अन्त्यतिर फुटबलको विश्वकप हुनेछ र त्यसमा सहभागी हुने एक प्रमुख खेलाडीमा पर्छन्, तिनै अर्जेन्टिनी मेसी । कतारमा हुने विश्वकपमा उपाधिका लागि सबैभन्दा बलियो दावेदार भनेकै अर्जेन्टिना हो, यसको प्रमुख कारण हो, यो दक्षिण अमेरिकी देशसँग मेसी छ । उनी कति राम्रा खेलाडी हुन्, यसमा कसले विवाद गर्न सक्छ । तर उनले विश्वकप भने जितिसकेका छैनन् । अब उनका सामु अन्तिम मौका छ, त्यो पनि ३५ वर्षको उमेरमा ।
के उनले पेले र डिएगो म्याराडोनाले जस्तै विश्वकपको ट्रफि उचाल्ने छन् त ?
–एजेन्सीहरूको सहयोगमा ।