काठमाडौं । मदन भण्डारी स्पोटर्स एकेडेमीले विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ।
एकेडेमीले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गरिने जनाएको छ।
एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले ७१ औं मदनजयन्तीको अवसरमा राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा विभिन्न विधामा राष्ट्रव्यापि खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराए ।
एकेडेमीले संघीय राजधानीदेखि मधेश प्रदेशसम्मलाई समेटेर गर्न लागिएको ८ प्रतियोगिताको तालिका समेत सार्वजनिक गरेको छ ।
खेल तालिका अनुसार भैरहवा दमक, विरगंज र जनकपुरमा ट्यालेन्ट हन्टसहित यू-१४, यू-१६ र यू-१८ प्रतियोगिता हुनेछ । यस प्रतियोगिता असार ३ देखि २० गतेसम्म हुनेछ ।
खुल्ला कलेज स्तरीय भलिबल प्रतियोगिता असार ८ देखि १३ गतेसम्म बुटवल र काठमाडौंमा हुनेछ ।
झापामा रेस्लिङ प्रतियोगिता हुनेछ ।
बुटवल र काठमाडौंमा असार ११ देखि १६ सम्म विद्यालय स्तरीय बुद्दिचाल, अन्तर कलेज उपत्यका स्तरीय बास्केटबल काठमाडौंमा हुनेछ ।
काठमाडौंमा असार १७ देखि १८ सम्म फूल कन्ट्याक्ट कराते, असार २२ गते काठमाडौंमा प्रशिक्षण तथा तालिम र असार २० देखि २१ सम्म उपत्यका स्तरीय तेक्वान्दो प्रतियोगिता ललितपुरमा हुनेछ ।