शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारत दुवैमा पहिलो

शुक्रबार, ०३ असार २०७९खेलपाटी संवाददाता
भारत दुवैमा पहिलो
Loading ad...
mustang rice ad

काठमाडौं ।  भारत नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा शुक्रबार पहिलो भएको छ । भारत ब्वाइज÷गर्ल्स दुवैमा पहिलो भएको हो ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा भारतले पाकिस्तानलाई २–१ ले पराजित गर्यो । श्रीलंकाले बंगलादेशलाई ३–० ले हराउदै तेश्रो भयो ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गर्ल्स फाइनलमा भारतले श्रीलंकालाई २–१ ले पाखा लगायो । माल्दिभ्सले भुटानलाई ३–० ले पन्छ्याउदै तेश्रो भयो । माल्दिभ्सको प्रशिक्षकमा पूर्व राष्ट्रिय च्याम्पियन नेपालका कुमार अधिकारी रहेका छन् । ब्वाइज÷ गर्ल्समा पहिलो र दोश्रो हुने राष्ट्र काजाकिस्तानमा हुने फाइनल प्रतियोगितालाई छनोट भइसकेका छन् ।

अन्तिम दिन नेपाली ब्वाइज÷गल्र्स दुवै टोलीले जित आत्मासात् गरे । ब्वाइजमा नेपालले भुटान तथा गर्ल्समा बंगलादेशलाई समान ३–० ले पारजित गरे । दुवै टोली फाइनल चरणलाई छनोट हुन सकेनन् । प्रतियोगिताको पाँचौं संस्करण पूरा हुँदा नेपालको कुनैपनि टोली छनोट हुन नसकेको दोश्रोपटक हो । २०२१ मा पाकिस्तान भएको चौथो संस्करणमा पनि नेपाल छनोट भएको थिएन ।

विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल, प्रतियोगिता निर्देशक अजय विष्ट, आईटीएफ प्रतिनिधि जोनाथन स्तब्सलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्र सहभागी थिए ।

पाकिस्तान बाहेक सबै राष्ट्रबाट ३÷३ ब्वाइज÷गर्ल्स खेलाडी सहभागी थिए । पाकिस्तानबाट ३ ब्वाइज खेलाडीले मात्र भाग लिएका थिए । 

प्रतियोगिताका लागि केटीएम सिटीले नेपाली खेलाडी र अफिसियलका लागि पोशाक प्रायोजन गरेको थियो ।

Loading ad...
LiNing Ad
भारत दुवैमा पहिलो

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

 नारायणगढ र नव जनजागृतिको दोहोरो जित

नारायणगढ र नव जनजागृतिको दोहोरो जित

पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने