पोखरा । गण्डकी प्रदेश सरकारले खेलकुद क्षेत्रका लागि १५ करोड बजेट बिनियोजन गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री रामजीप्रसाद बरालले बुधबार प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०७९÷८० का लागि १५ करोड बजेट विनियोजन गरिएको बताए ।
खेलकुद पूर्वाधारको निर्माणमा जोड दिँदै राष्ट्रिय तथा प्रादेशिक खेलकुद प्रतियोगिता सञ्चालन गर्न सक्ने गरी नेपाल सरकारको साझेदारीमा पोखरा रंगशालाको स्तरोन्नति गरिने मन्त्री बरालले बताए । एक स्थानीय तह एक खेल मैदान निर्माणलाई पनि निरन्तरता दिइएको छ ।
आगामी असोज २८ देखि कात्तिक ३ गते सम्म गण्डकी प्रदशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रभावकारी सहभागिता, प्रतियोगितामा स्वर्णपदक विजेता खेलाडीहरुका लागि प्रोत्साहन स्वरुप नगद पुरस्कारको व्यवस्था, खेलाडीहरुको बीमा जस्ता विषयहरुलाई बजेटमा समेटिएको छ ।
साहसिक खेल प्रतियोगिताको आयोजना गरी खेल पर्यटनको प्रवद्र्धन गर्नुका साथै प्रदेश सरकार र नीजि क्षेत्रको सहकार्यमा खेल पर्यटक आकर्षित गर्ने मन्त्री बरालले जानकारी दिए ।