काठमाडौं । बागमती प्रदेश सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि १ अब २२ करोड रुपैयाँको बजेट बिनियोजन गरेको छ ।
प्रदेश सभा बैठकमा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शलिकराम जम्कट्टेलले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुदमा १ अर्ब २२ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।
बागमती प्रदेश सरकारले नयाँ आर्थिक वर्षमा प्रदेश खेलकुद प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुदका लागि ७ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
यस्तै, चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
प्रदेश स्तरीय खेल संघ, खेलाडी, रेफ्री तथा प्रशिक्षकको क्षमता अभिवृद्धि तथा प्रोत्साहनलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री जम्कट्टेलले माध्यमिक विद्यालयका एक शिक्षकलाई प्रशिक्षण दिएर खेलकुद शिक्षकको रुपमा राख्ने नयाँ कार्यक्रम सार्वजनीक गरेका छन् ।
सरकारले प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा खेलकुद पूर्वाधारमा निर्माणलाई बजेट विनियोजन गरिएको जानकारी दिएको छ ।