काठमाडौं । चीनमा आयोजना हुने भनिएको १९ औं संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) का लागि खेलाडीको पहिलो चरणको बन्द प्रशिक्षण सुरु भएको छ ।
एसियन गेम्समा सहभागी हुने सबै २३ खेलको बन्द प्रशिक्षण मंगलबारबाट सुरु भएको हो । खेलाडीले बन्द प्रशिक्षण भने भोलि बुधबारबाट थाल्ने छन् ।
बन्द प्रशिक्षणमा २३ खेलबाट ५ सय १४ खेलाडी सहभागी हुने छन् । जसमा २ सय ३० पुरुष र २ सय ८४ महिला खेलाडी सहभागी छन् ।
प्रशिक्षणमा कुल ६४ प्रशिक्षण सहभागी हुने छन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बन्द प्रशिक्षणको औपचारिक उद्घाटन गरे ।
उद्घाटन दौरान २३ खेलको संघलाई खेल सामग्री प्रदान गरिएको थियो ।
राखेपले गठन गरेको हाइ पर्फमेन्स कमिटीले गरेको सिफारिसको आधारमा प्रशिक्षण सुरु गरिएको हो ।
एसियन गेम्स भने अनिश्चितकालका लागि स्थगित भईसकेको छ । प्रतियोगिताको नयाँ मिति घोषणा भएको छैन । तर, हाइ पर्फमेन्स कमिटीले प्रतियोगिताका लागि तयारीलाई अघि बढाउन राखेप समक्ष प्रस्ताव गरेको हो ।
नेपालले एसियन गेम्समा तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साईक्लिङ, फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी, फेन्सिङ, ह्यान्डबल, भलिबल,क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसमा सहभागीता जनाउने छ ।