काठमाडौं । सन् २००२ मा जब अमेरिकी टेनिस खेलाडी पीट साम्प्रासले १४ औं ग्रान्डस्लाम उपाधि जिते, त्यसबेलासम्म उनको रेकर्डको नजिक कोही पनि थिएनन् । सायदै कसैले सोचेको थियो होला कि, एक होइन तीन/तीन जना खेलाडीले मात्र दुई दशकमा यो कीर्तिमान तोड्नेछन् ।
पहिले रोजर फेडेररले उनको कीर्तिमान तोडे, त्यसपछि नाडाल आए र अन्तिममा जोकोभिचले पनि पिट साम्प्रासलाई पछाडि छोडे ।
पछिल्लो दुई दशक यीनै तीन जना खेलाडीले मात्र टेनिस जगतमा दबदबा बनाएका छन् । गत वर्षसम्म तीनै खेलाडी २०-२० ग्रान्डस्लाम जितेर बराबरीमा उभिएका थिए । तर यो वर्ष राफेल नाडालले थप दुई ग्राण्डस्लाम जितेर यो दौडमा आफूलाई अगाडि बनाएका छन्।

आज हामी यहाँ यी तीन दिग्गजहरूबीच ग्रान्डस्लाम जित्नको लागि चलिरहेको प्रतिष्पर्धाको पूरा टाइमलाइन प्रस्तुत गर्दैछौं ।
२००३ : स्विस टेनिस खेलाडी रोजर फेडेररले विम्बल्डनमा आफ्नो पहिलो ग्रान्डस्लाम उपाधि जितेका थिए । उनले फाइनलमा मार्क फिलिपोसिसलाई हराए ।
(फेडेरर-१)
२००४: यो वर्ष फेडेररले अष्ट्रेलियन ओपन, विम्बल्डन र युएस ओपन जितेर आफ्नो ग्रान्डस्लाम नम्बर ४ मा पुर्याए ।
(फेडेरर-४)
२००५ : फेडेररले यो वर्ष फेरि विम्बल्डन र यूएस ओपन जिते । सँगै राफेल नाडालले फ्रेन्च ओपनको फाइनलमा मारियानो पुएर्टोलाई हराएर आफ्नो पहिलो ग्राण्डस्लाम जिते ।
(फेडेरर-६, नाडाल-१)
२००६ : नाडालले यो वर्ष दोस्रो पटक फ्रेन्च ओपन जितेका थिए । जबकी वर्षका अन्य तीन ग्रान्डस्लाम रोजर फेडेररले जितेका थिए ।
(फेडेरर-९, नाडाल-२)
२००७ : यो वर्ष पनि फेडेररले तीनवटा ग्रान्डस्लाम जितेका थिए भने नाडालले फ्रेन्च ओपन जित्न सफल भए ।
(फेडेरर-१२, नाडाल-३)
२००८: नाडालले यस पटक फ्रेन्च ओपन र विम्बल्डन उपाधि जितेका थिए । फेडेररले युएस ओपन जिते । जोकोभिच यसै वर्ष यो दौडमा सामेल भए । उनले अस्ट्रेलियन ओपन जितेका थिए ।
(फेडेरर-१३, नाडाल-५, जोकोभिच-१)
२००९ : यो वर्ष नाडालले फ्रेन्च ओपनलाई छुन सकेनन् तर उनले अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए । यसै बर्ष फेडेररले फ्रेन्च ओपन र विम्बल्डन जित्दै पिट साम्प्रासलाई पछि पारेका थिए ।
(फेडेरर-१५, नाडाल-६, जोकोभिक-१)
२०१० : फेडेररले यो वर्ष अस्ट्रेलियन ओपन जितेका थिए । बाँकी तीन ग्रान्डस्लाम नाडालको नाममा थियो।
(फेडेरर-१६, नाडाल-९, जोकोभिक-१)
२०११ : नाडालले यो वर्ष फ्रेन्च ओपनको उपाधि जितेका थिए । बाँकी तीन उपाधि जोकोभिचले जितेका थिए । ८ वर्षपछि पहिलो पटक फेडेररको हात खाली रह्यो ।
(फेडेरर-१६, नाडाल-१०, जोकोभिक-४)

२०१२ : यो वर्ष नाडाल फेरि एक पटक रोलान्ड गारोसमा च्याम्पियन बने । फेडेररले विम्बल्डन जिते भने जोकोभिचले अस्ट्रेलियन ओपन जितेका थिए ।
(फेडेरर-१७, नाडाल-११, जोकोभिक-५)
२०१३: यो वर्ष नाडालले फ्रेन्च ओपन र युएस ओपनको उपाधि जितेका थिए । जोकोभिच अस्ट्रेलियन ओपनको च्याम्पियन बनेका थिए । फेडेररको हात खाली रह्यो ।
(फेडेरर-१७ ,नाडाल-१३ , जोकोभिक-६)
२०१४ : नाडालले फेरि रोल्यान्ड गारोस हासिल गरे। उनले ९ औं पटक फ्रेन्च ओपनको उपाधि जिते । जोकोभिच विम्बल्डन च्याम्पियन बने । यस वर्ष पनि फेडेररको हात खाली रह्यो ।
(फेडेरर-१७ , नाडाल-१४, जोकोभिक-७)
२०१५ : नाडाल र फेडेररले यो वर्ष कुनै ग्रान्डस्लाम जित्न सकेनन् । जोकोभिचले अस्ट्रेलियन ओपन, विम्बल्डन र यूएस ओपनको उपाधि जितेका थिए ।
(फेडेरर-१७ , नाडाल-१४, जोकोभिक-१०)
२०१६: यो वर्ष नाडालका लागि निकै खराब रह्यो । चोटका कारण र पूर्ण फिट नभएका कारण उनी लयमा थिएनन । यो वर्ष पनि फेडेररको हात खाली रह्यो । जोकोभिचले अस्ट्रेलियन र फ्रेन्च ओपन जिते ।
(फेडेरर-१७ , नाडाल-१४ , जोकोभिक-१२)
२०१७ : नाडाल र फेडेररले यस वर्ष बलियो पुनरागमन गरे । नाडालले फ्रेन्च ओपन र युएस ओपनको उपाधि जिते । योसँगै फेडेररले अस्ट्रेलियन ओपन र विम्बल्डन जिते । जोकोभिकको हात खाली रह्यो ।
(फेडेरर-१९, नाडाल-१६, जोकोभिक-१२)

२०१८ : नाडालले ११ औं पटक फ्रेन्च ओपन जिते । फेडेररले अस्ट्रेलियन ओपन जिते । जोकोभिचले अन्य दुई ग्रान्डस्लाम जिते।
(फेडेरर-२०, नाडाल-१७, जोकोभिक-१४)
२०१९ : नाडालले यो वर्ष फ्रेन्च ओपनसँगै युएस ओपनको उपाधि जिते । जोकोभिचले अस्ट्रेलियन ओपन र विम्बल्डन जिते ।
(फेडेरर-२०, नाडाल-१९, जोकोभिक-१६)
२०२० : नाडाल फेरि रोलान्ड ग्यारोसमा क्ले कोर्टमा च्याम्पियन बने । उनले फेडेररको सर्वाधिक ग्राण्डस्लाम जित्ने कीर्तिमान बराबरी गरे । जोकोभिचले अस्ट्रेलियन ओपन जिते । फेडेररले यो वर्ष केहीअनुभव गरेनन् ।
(फेडेरर-२०, नाडाल-२०, जोकोभिक-१७)
२०२१: नाडाल र फेडेररका लागि यो वर्ष केही आएन । जोकोभिचले तीनवटा ग्रान्डस्लाम जितेर नाडाल र फेडेररको बराबरी गरे ।
(फेडेरर-२०, नाडाल-२०, जोकोभिच-२०)
२०२२: नाडालले यो वर्ष अहिलेसम्म भएका दुवै ग्रान्डस्लाम जितेका छन् । अस्ट्रेलियन ओपन जितेर उनी सबैभन्दा धेरै ग्रान्डस्लाम जित्ने टेनिस खेलाडी बने । योसँगै उनले फ्रेन्च ओपनको उपाधि जितेर आफ्नो अग्रता बलियो बनाएका छन् ।
(फेडेरर-२०, नाडाल-२२, जोकोभिक-२०)