काठमाडौं । चीनमा आयोजना हुने १९ औं संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) का लागि खेलाडीको प्रशिक्षण भोलि मंगलबारबाट सुरु हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एसियन गेम्सको तयारी स्वरूप विभिन्न खेलको प्रशिक्षण मंगलबारबाट सुरु हुने जनाएको छ ।
राखेपले पहिलो चरणलाई छनोट भएका २३ खेलका खेलाडीको प्रशिक्षण मंगलबारबाट सुरु गरिने जनाएको छ ।
राखेपले गठन गरेको हाइ पर्फमेन्स कमिटीले एसियन गेम्सका लागि प्रशिक्षण मंगलबारबाट गर्न सिफारिस गरेको थियो । कमिटिको सिफारिस अनुसार राखेपले खेलाडीलाई प्रशिक्षणमा राख्न लागेको हो ।
एसियन गेम्स स्थगित भईसकेको छ । प्रतियोगिताको नयाँ मिति घोषणा भएको छैन । तर, कमिटीले प्रतियोगिताका लागि तयारीलाई अघि बढाउन राखेप समक्ष प्रस्ताव गरेको हो ।
सरकारले २१ औं संस्करणको एसियन गेम्समा २३ खेल समावेश गर्ने निर्णय गरेको छ ।
नेपालले एसियन गेम्समा तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साईक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, महिला भलिबल, पुरुष भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसमा सहभागीता जनाउने छ ।