काठमाडौं । हरिश गोर्सियाले नवौं सुर्य नेपाल गोकर्ण मन्थ्ली मेडल गल्फको उपाधि जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा शनिबार १२ ह्याण्डीक्याप खेल्दै ७ अन्डर ६५ स्कोर बनाउदै हरिशले उपाधि जितेका हुन् ।
गौरब शाह काउन्ट ब्याकमा अघि रहदै उपविजेता बने । आङ छिरिङ शेर्पा र देभेन्द्र बजगाईंसंग समान ३ अन्डर ६९ अंक जोडेपछि काउन्ट ब्याक गौरब उपविजेता बनेका हुन् । आङ छिरिङ तेस्रो भए ।
वाङचेन डोनडुपले एक ओभर ७३ ग्रससहित बेस्ट ग्रसको उपाधि जिते । साम डब्लार्डले जुनियरतर्फको उपाधि जिते ।
नवौं सुर्य नेपाल गोकर्ण मन्थ्ली मेडलका लागि ३८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विजेतालाई गोकर्ण गल्फ क्लबका अध्यक्ष सुह्रिद घिमिरेले पुरस्कृत गरे ।