काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
पेरिसमा सोमबार राति जापानका योसिहितो निशिओकालाई हराउँदै जोकोभिचले दोस्रो चरणमा स्थान बनाएका हुन् ।
२० पटकको ग्रान्डस्लाम विजेता जोकोभिचले जापानी खेलाडीमाथि ६-३,६-१ र ६-० को सेटमा हराए ।
यस्तै महिलातर्फ इम्मा राडुकानुले जित निकालेकी छिन् ।
१९ वर्षीय बेलायती खेलाडीले चेक गणतन्त्रकी लिन्डा नोस्कोभालाई पराजित गरिन् ।
राडुकानुले लिन्डालाई ६-७ (४-७),७-५ र ६-१ ले पराजित गरिन् ।
फ्रेन्च ओपनमा राडुकानुको यो डेब्यु खेल हो ।