काठमाडौं । पोखराका टेनिस खेलाडी प्रदिप खड्कालाई के.सी ग्रुप अफ कम्पनी अन्तर्गतको हिम श्री फुडले प्रायोजन गरेको छ ।
नेपालको पहिलो चाउचाउ राराको उत्पादक रहेको हिम श्रीले खड्कालाई वार्षिक २ लाख बराबरको प्रायोजन गरेको हो ।
के.सी ग्रुपका निर्देशकद्वय किरण केसी र रोशन केसीले खड्कासँग सम्झौता गरेका छन् ।
सम्झौतासँगै विभिन्न प्रतियोगिताका लागि खर्च,जर्सी र खेलकुद सामाग्री खड्कालाई हिम श्रीले उपलब्ध गराउने छ ।
१३ औं सागमा कास्य पदक विजेता खड्काले हालै सिटिजन्स बैंक खुला टेनिसमा सिंगल्स र मिक्स डबल्समा उपाधि जितेका थिए ।
सम्झौतापछि बोल्दै निर्देशक किरण केसीले यस प्रकारको सहयोगले भोलिका दिन खेलाडीमा थप हौसला मिल्न गई राष्ट्रका लागि दक्ष खेलाडी उत्पादनमा सघाउ पुग्ने बताए ।