काठमाडौं । अष्ट्रेलियन लेजेण्ड शेन वार्नको स्मृतिमा आयोजना हुने प्रो क्लब च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।
आयोजक जोरा इन्टरनेसनलले आइतबार खेल तालिका सार्वजनिक गरेको हो । च्याम्पियनसिपमा आठ टोलीको सहभागिता रहनेछ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिप चैत २५ बाट बैशाख ३ गते सम्म भैरहवामा आयोजना हुनेछ ।
आयोजकले अष्ट्रेलियन लेग स्पिनर वार्नको स्मृतिमा प्रो क्लब च्याम्पियनसिप आयोजना गर्न लागेको हो । हृदयघातको कारण वार्नको ५२ वर्षको उमेरमा थाइल्याण्डमा निधन भएको थियो ।
यसअघि नेपालमा अष्ट्रेलियन क्रिकेट खेलाडी फिलिप हिउजको स्मृतिमा समेत अष्ट्रेलिया र नेपालक खेलाडीबीच क्रिकेट खेल आयोजना भएको थियो ।
जोरा इन्टरनेसनलले नेपाली फ्रेन्चाइज क्रिकेट एभरेष्ट प्रिमियर लिग (ईपीएल) आयोजना गर्दै आएको छ ।
खेल तालिका :