बुधबार, १० भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

सातौं पटक विश्वकप विजेता बन्यो अष्ट्रेलिया

आइतबार, २० चैत्र २०७८खेलपाटी संवाददाता
सातौं पटक विश्वकप विजेता बन्यो अष्ट्रेलिया
Loading ad...
mustang rice ad

काठमाडौं । सन् २०२२ संस्करणको आईसीसी महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । फाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो ।

क्रिष्टचर्चमा भएको फाइनल खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्यो । अष्ट्रेलियाले सातौं पटक विश्वकप जितेको हो ।

विश्वकपका सबै ९ खेलमा अष्ट्रेलिया अपराजित रहँदै च्याम्पियन बनेको हो ।

३ सय ५७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४३ ओभर ४ बलमा २ सय ८५ रन बनाउँदा अलआउट भयो । इंग्ल्यान्डकी नाट सिभरले शतकीय इनिङ खेलेपनि जित दिलाउन सकिनन् । उनी १ सय २१  बलमा १५ चौका र १ छक्का प्रहार गर्दै १ सय ४८ रनमा अविजित रहिन् ।

Image

यस्तै टामी बिउमोंटले २७, कप्तान हेथर नाइटले २६, यमी जोन्सले २०, सोफिया डंक्लेले २३ र  चार्ली डीनले २१ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

अष्ट्रेलियाको जितमा एलना किङ र जेस् जोनासेनले समान ३/३ तथा मेगन चुटले २ विकेट लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ५  विकेट गुमाएर ३ सय ५७ रन बनायो । उसको ठुलो स्कोरमा एलेस्या हिएलेले १ सय १७ रनको शतकीय इनिङ खेलिन् ।

Image

यस्तै रचेल हयनेसले ६८ र बेथ मोनीले ६२ रनको अर्धशतकीय इनिङ खेलेपछि अष्ट्रेलियाले ठुलो स्कोर बनाउन सफल भएको थियो ।

कप्तान मेग लेनिङले १०, एल्से पेरीले अविजित १७ र तालीय मेग्र्थले अविजित ८ रनको योगदान गरिन् ।

इंग्ल्यान्डकी एन्या शरुभोस्ले र सोफिया एक्लेस्टोनले समान ३/३ विकेट हात पारिन् ।

यसअघि अष्ट्रेलियाले सन् १९७८, सन् १९८२, सन् १९८८, सन् १९९७, सन् २००५ र सन् २०१३ मा विश्वकप उपाधि जितेको थियो ।

Loading ad...
LiNing Ad
#Womens World Cup #Australia

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल र एसीटी भिड्दै

नेपाल र एसीटी भिड्दै

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

Loading ad...
xTreme Energy Drink
नेपाल र एसीटी भिड्दै

नेपाल र एसीटी भिड्दै

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

वियंकालाई स्वर्ण

वियंकालाई स्वर्ण

नेपालले पिकलबल विश्वकप खेल्ने

नेपालले पिकलबल विश्वकप खेल्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम