एजेन्सी । साविकको विजेता चेन्नई सुपर किङ्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा जितको खोजीमा रहेको छ । दुई खेल खेलिसकेको चेन्नईले यस संस्करणमा जित निकाल्न सकेको छैन ।
चेन्नई आज पन्जाब किङ्ससँग खेल्दै छ । मुम्बईमा हुने खेलमा पन्जाब दोस्रो जितको खोजीमा हुने छ भने चेन्नई पहिलो जित निकाल्ने प्रयासमा हुने छ ।
चेन्नई यस संस्करणमा नयाँ कप्तान रबिन्द्र जदेजाको नेतृत्वमा रहेको छ । पन्जाबको कप्तानी मायांक अग्रवाल हुन् ।
यी दुई टोलीको खेल साँझा ७:४५ मा सुरु हुने छ ।
यसअघि चेन्नईले लखनउ सुपर जायन्ट्स र कोलकत्ता नाइट राइडर्ससँग पराजित भएको थियो । पन्जाबले आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्दै सुखद सुरुवात गरेको थियो । दोस्रो खेलमा भने कलकत्तासँग पराजित भएको थियो ।
२ खेलमा २ हार व्यहोरेको चेन्नई बिना कुनै अंक तालिकाको आठौं स्थानमा छ । पन्जाब १ खेलमा जित र १ खेलमा हार व्यहोर्दै २ अंकका साथ तालिकाको सातौं स्थानमा छ ।