एजेन्सी । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित निकालेको छ । शनिबार गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो ।
पुणेमा १ सय ७२ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रन मात्र बनायो । दिल्लीका कप्तान ऋषव पन्तले सर्वाधिक ४३ रन बनाए । उनले २९ बलमा ७ चौका प्रहार गरे ।
ललित यादबले २५, रोभमन पावेलले २०, मन्दिप सिंहले १८ कुलदिप यादबले १४ र पृथ्वी शाले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
गुजरातको जितमा लोक्की फर्गुसनले ४ विकट लिए । मोहमद शामीले २ तथा राशिद खान र हार्दिक पाण्डेयाले समान १/१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनायो । उसका शुभम गिलले सर्वाधिक ८४ रन बनाए । उनले ६ बलमा ६ चौका र ४ छ्क्का प्रहार गर्दै अर्धष्टकीय इनिङ खेले ।
यस्तै डेबिड मिलरले अविजित २०, हार्दिक पाण्डेयाले ३१, विजय शंकरले १३ र राहुल टेवाटियाले १४ रनको योगदान गरे ।
दिल्लीका मुस्ताफिजुर रहमानले ३ तथा खलिल अहमदले २ विकेट लिए ।
२ खेलमा २ जित निकालेको गुजरात ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । दिल्ली २ खेलमा १ जित र १ हारका साथ २ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।