ज्ञानेन्द्र मल्ललाई ‘प्रतिभा सम्मान’
पोखरा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई ‘प्रतिभा वर्ष सम्मान– २०७८’ बाट सम्मान गरिएको छ ।
त्यस्तै साहित्यकार प्राध्यापक डा. अभि सुवेदी पोखरामा ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन् । पोखरा नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले वर्षेनी प्रदान गर्दै आएको ‘प्रतिभा वर्ष सम्मान’ कार्यक्रम अन्तर्गत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, विद्यालयका प्रबन्ध निर्देशक बलबहादुर थापा, सञ्चालक डा. राजेन्द्र चापागाईं, विद्यालयका प्राचार्य विश्वगोपाल पराजुली, निर्देशक किरण सापकोटा लगायतले प्रा.डा.सुवेदी र क्रिकेटर मल्ललाई जनही १÷१ लाखसहित ताम्रपत्रबाट सम्मान गरे ।
प्रा.डा. सुवेदीले झण्डै ६० वर्षदेखि कला र साहित्य तथा शैक्षिक क्षेत्रमा पुर्राएको योगदानको कदर स्वरुप सम्मान गरिएको विद्यालयले जनाएको छ । क्रिकेट खेलमा पुर्राएको विशिष्ट योगदानको कदर स्वरुप मल्ललाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।
यसअघि, युवा क्रिकेटर सन्दीप लामिछाने, राष्ट्रिय भलिबलकी कप्तान अरुणा शाहीलाई खेल क्षेत्रमा पु¥याएको योगदानको कदर गरी जनही १ लाख राशीसहित सम्मान गरिसकेको छ ।
विद्यालयले सोहि विद्यालयकी छात्रा सीमा केसीलाई ‘प्रतिभा रत्न सम्मान–२०७८’बाट सम्मान गरेको छ । ‘वल्र्ड इकोनोमिक कप’ मा काश्य पदक जितेकी उनलाई विद्यालयले ‘प्रतिभा रत्न सम्मान–२०७८’ बाट सम्मान गरेको हो । यस्तै, नेशनल ईकोनोमिक्स ओलम्पियाडमा गण्डकी प्रदेशबाट छनौट हुन सफल कुमार बराललाई पनि सम्मान गरेको छ ।