काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको उपाधिका लागि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग खेल्ने भएको छ ।
सिरिजको लिगको अन्तिम खेलमा नेपालसँग मलेसिया पराजित भएपछि पीएनजीले फाइनल खेल्ने भएको हो ।
सिरिजमा नेपालले ४ खेलमा ४ जित निकाल्दै तालिकाको शीर्षस्थानमा रहँदै फाइनल पुगेको छ । ३ खेलमा १ जित निकाल्दा मलेसिया र पीएनजी नेट रनरेटको आधारमा पीएनजी फाइनल पुगेको हो ।मलेसिया तालिकाको पुछारमा रहेर फाइनल पुग्न सकेन ।
पहिलो खेलमा मलेसियाले पीएनजीलाई पराजित गर्दै सुखद सुरुवात गरेको थियो । तर पछिल्लो ३ खेलमा पराजित भएपछि मलेसिया बाहिरिन पुग्यो ।
पीएनजी भने पहिलो ३ खेलमा पराजित भएअनि अन्तिम खेलमा मलेसियालाई सानदार रुपमा पराजित गर्दै फाइनल सम्भावना कायम गरेको थियो । सनिबार नेपालसँग मलेसिया पराजित भएपछी पीएनजीको फाइनल खेल्ने सपना पुरा भएको हो ।
फाइनल खेल सोमबार हुनेछ ।