काठमाडौं । घरेलु टोली दक्षिण अफ्रीकाले दोस्रो एकदिवसीयमा बंगलादेशलाई हराएको छ ।
आइतबार भएको खेलमा दक्षिण अफ्रीकाले बंगलादेशलाई ७ विकेटले हराएको हो ।
यस जितसँगै दक्षिण अफ्रीकाले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।
बंगलादेशले दिएको १ सय ९५ रनको लक्ष्य दक्षिण अफ्रीकाले ३७ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
दक्षिण अफ्रीकाको जितमा क्विन्टन डी ककले ६२ रनको अर्धशतकीय इनिङ खेले । केली भेरिन्नेले अविजित ५८ रन जोडे । कप्तान टेम्बा बाभुमाले ३७ तथा जानेमान मालनले २६ रन बनाए ।
बंगलादेशका मेहदी हसन मिराज, शकिब अल हसन र अफिफ होसेनले १-१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रन जोडेको थियो ।
बंगलादेशका अफिफ होसेनले ७२ रनको अर्धशतकीय इनिङ खेले । मेहदी हसन मिराजले ३८ तथा महमुदउल्लाहले २५ रन जोडे ।
दक्षिण अफ्रीकाका कागिसो राबडाले ५ विकेट लिए ।