काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध यूएई १ सय ४७ मा समेटिएको छ ।
पीएनजीका अलेइ नाओ र चाद सोपरले शानदार बलिङ गरेपछी घरेलु टोली सस्तैमा समेटिएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएई निर्धारित ५० ओभरमा १ सय ४७ रन बनाउँदा अल आउट भयो ।
खाराब सुरुवात गरेको यूएईले ११ औं ओभरसम्म १६ रन जोड्दा ५ विकेट गुमाएको थियो । मध्यक्रममा यूएईका रोहन मुस्तफा र बसिल हमेदले ४२ रनको साझेदारी गर्दै यूएईलाई सम्मानजनक स्तिथिमा पुर्याउन मद्दत गरे ।
रोहनले १ सय ४४ बल खेल्दौ ८८ रनको जिम्मेवारीपूर्ण इनिङ खेले । उनले अर्धशतकीय इनिङ खेल्न ११ चौका र १ छक्का प्रहार गरे । बसिलले ५४ बलमा २० रन जोड्दा आउट भए ।
यूएईलाई सस्तैमा समेट्न पीएनजीका अलेइ नाओले १० ओभर बलिङ गर्दै १ मेडेन ओभर गर्दा मात्र २७ रन खर्चिएर ४ विकेट लिए । यस्तै चाद सोपरले ८ ओभरमा २ मेडेन गर्दै १५ रन खर्चेर ३ विकेट हात पारे । रिले हेकुरेलव २ विकेट लिए ।
यूएई १६ खेलमा ९ जित निकाल्दै २० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । पीएनजी भने १४ खेल खेल्दा कुनै अंक जोड्न सकेको छैन र तालिकाको पुछारमा छ ।
यसअघि यूएईले सिरिजमा पीएनजीलाई ७ विकेट तथा नेपाललाई ४८ रनले पराजित गरेको थियो ।