काठमाडौं । बंगलादेशले पहिलो एकदिवसीयमा घरेलु टोली दक्षिण अफ्रीकालाई हराएको छ ।
शुक्रबार राति भएको खेलमा बंगलादेशले दक्षिण अफ्रीकालाई ३८ रनले हराएको हो ।
दक्षिण अफ्रिकीको भूमिमा बंगलादेशको यो पहिलो एकदिवसीय जित हो ।
सेन्चुरियनमा बंगलादेशले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीका ४८ ओभर ५ बलमा अलआउट हुँदै २ सय ७६ रनमा समेटियो ।
दक्षिण अफ्रीकाका रस्सी भान डेर डुसेनले ८६ रनको अर्धशतकीय इनिङ खेले । डेभिड मिलरले ७९ रनको इनिङ खेल्दा टेम्बा बाभुमाले ३१ रन बनाए ।
बंगलादेशका मेहदी हसन मिराजले ४ तथा ताक्सिन अहमेदले ३ विकेट लिए । सोरिफुल इस्लामको नाममा दुई विकेट रह्यो ।
यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय १४ रन जोडेको थियो ।
बंगलादेशका शकिब अल हसनले ७७ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै लिटोन दास र यासिर अलिले ५०/५० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान तमिम इकबाल ४१ रनमा आउट भए ।
दक्षिण अफ्रीकाका मार्को जेनसन र केशव महाराजले २/२ विकेट लिए ।
जितसँगै तीन खेलको सिरिजमा बंगलादेशले १-० को अग्रता बनाएको छ ।