काठमाडौं । इंग्ल्यान्डका फास्ट बलर मार्क उडले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट गुमाउने भएका छन् ।
उड आईपीएलको नयाँ टोली लखनउ सुपर जाइन्ट्समा अनुबन्धित भएका थिए ।
तर, चोटको कारण उडले आईपीएल गुमाउने भएका छन् । उनले दाहिने हातको कुहिनाको चोट बोकेका छन् ।
वेस्ट इन्डिज भ्रमण दौरान उनले चोट बोकेका हुन् । जसको कारण उनले दोस्रो टेस्ट गुमाएका थिए ।
नयाँ संस्करणको आईपीएल आगामी मार्च २६ बाट सुरु हुनेछ ।
वान्खडे स्टेडियममा मार्च २६ गते हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।
यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ ।
लिगको ७० र ४ प्ले अफ खेलहरु ६५ दिनमा सकिने छ ।