महिलाको सीपीएल क्रिकेट हुने
मंगलबार, ०१ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । महिलाको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
पहिलो संस्करणको महिला सीपीएल यसै वर्ष आयोजना हुनेछ । प्रतियोगिता पुरुषको सीपीएलसँगै आयोजना हुने बताईएको छ ।
पहिलो संस्करणको प्रतियोगितामा ३ टोलीको सहभागिता रहने क्रिकइन्फोले जनाएको छ ।
पहिलो संस्करणमा बार्बाडोस रोयल्स, गुएना अमेजन वारिवर्स र ट्रीनबागो नाइट राइडर्सको टोली सहभागी हुने छन् ।
महिलाको सीपीएल क्रिकेट हुने












-1770375849820.jpg&w=3840&q=75)


