काठमाडौं । इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको पहिलो टेस्ट बराबरीमा सकिएको छ ।
आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गतको पहिलो टेस्ट बराबरीमा सकिएको हो ।
नर्थ साउण्डस्थित सर भिभियन रिचार्ड्स स्टेडियममा वेस्ट इन्डिजले २ सय ८६ रनको लक्ष्य पाएको थियो ।
जवाफमा वेस्ट इन्डिजले ४ विकेट गुमाएर १ सय ४७ रन जोडेपछि खेल बराबरीमा सकिएको हो ।
दोस्रो इनिङ्समा वेस्ट इन्डिजका एनक्रुमा बोनरले अविजित ३८ तथा जासन होल्डरले अविजित ३७ रन जोडे । इंग्ल्यान्डका ज्याक लिचले३ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङ्समा ३ सय ११ रन जोडेको थियो ।
वेस्ट इन्डिजले पहिलो इनिङ्समा ३ सय ७५ रन जोड्दै सामान्य अग्रता बनाएको थियो ।
दोस्रो इनिङ्समा इंग्ल्यान्डले ३ सय ४९ रन जोड्दा इनिङ्स समाप्तिको घोषणा गर्दै वेस्ट इन्डिजलाई मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।
दुई टोलीबीचको दोस्रो टेस्ट बुधबार सुरु हुनेछ ।