भैरहवामा शेन वार्नको स्मृतिमा अन्तराष्ट्रिय प्रो क्लब क्रिकेट लिग हुने

काठमाडौं । अष्ट्रेलियन लेजेण्ड शेन वार्नको स्मृतिमा प्रो क्लब क्रिकेट लिग आयोजना हुने भएको छ ।
नेपालका लागि अष्ट्रेलियन राजदूतावासकी राजदूत फेलिसिटी भोल्कले सामाजिक संजाल ट्विटरमा वार्नको स्मृतिमा प्रो क्लब क्रिकेट लिग आयोजना गरिने सार्वजनिक गरेकी हुन् ।
अप्रिलमा नेपालको भैरहवामा वार्नको स्मृतिमा लिग आयोजना हुने समेत फेलिसिटीले बताएकी छिन् ।
'क्रिकेट प्यासन नेपाल र अष्ट्रेलियाबीच साझा छ । नेपालका पुर्व राष्ट्रिय क्रिकेटर आमिर अख्तरलाई भेट्नु र शेन वार्नको स्मृतिमा भैरहवामा अप्रिलमा अन्तराष्ट्रिय प्रो क्लब क्रिकेट लिग आयोजना गर्ने उनको योजना सुन्न पाउँदा खुसी लाग्यो । आशा छ कि केहि हेर्न सक्षम हुनेछौं । नेपालको लागि अष्ट्रेलियन एम्बासेडर फेलिसिटी भोल्कले ट्विटरमा लेखेकी छिन् ।
यस्तै यसअघि नेपालमा अष्ट्रेलियन क्रिकेट खेलाडी फिलिप हिउजको स्मृतिमा समेत अष्ट्रेलिया र नेपालक खेलाडीबीच क्रिकेट खेल आयोजना भएको थियो ।
आमिर अख्तर नेपाली फ्रेन्चाइज क्रिकेट एभरेष्ट प्रिमियर लिग (ईपीएल) का म्यानेजिङ डाइरेक्टर हुन् ।
गत हप्ता हृदयघातको कारण वार्नको ५२ वर्षको उमेरमा थाइल्याण्डमा निधन भएको थियो ।
लेजेण्ड लेग स्पिनर वार्नले ७ सय ८ टेस्ट विकेट लिएका थिए ।
उनी टेस्ट क्रिकेटमा सर्वाधिक धेरै विकेट लिने दोस्रो खेलाडी हुन् ।
#Cricket is a passion that🇳🇵&🇦🇺 share. Great to meet🇳🇵former national cricketer Aamir Akhtar and hear of plans for an international pro club cricket league to honour the memory of #ShaneWarne in Bhairahwa in April. Hope to be able to see some of it! 🏏 @eplt20official pic.twitter.com/QSPlK40mgl
— Felicity Volk (@AusAmbNP) March 12, 2022