काठमाडौं । पाकिस्तान क्रिकेट टिमका हसन अली र फहिम असरफले अष्ट्रेलियाविरुद्धको पहिलो टेस्ट गुमाउने भएका छन् ।
पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेडबाट खेलेका अलराउन्डर असरफ र बलर हसन घाइते भएपछि अष्ट्रेलियाविरुद्धको टेस्ट पहिलो टेस्ट गुमाउने भएका हुन् ।
घरेलु टोली पाकिस्तान र अष्ट्रेलियाबीच तीन खेलको टेस्ट सिरिज हुदैछ जसमध्ये पहिलो टेस्ट मार्च ४ तारिखबाट सुरु हुनेछ ।
उनीहरुको स्थानमा इफ्तिकार अहमद र मोहम्मद वासिमलाई टिममा बोलाइएको छ ।
पछिल्ला वर्षहरुमा असरफ र हसन पाकिस्तान क्रिकेट टिमका मुख्य खेलाडीको रुपमा रहेका थिए ।
उनीहरु भने दोस्रो टेस्टका लागि उपलब्ध हुन सक्ने अपेक्षा गरिएको छ ।