काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–ट्वान्टी लिग सञ्चालन गर्नका लागि भारतको सेभेन थ्री स्पोर्ट्ससँग गरिएको सम्झौतामा संशोधन गर्दै लिग सञ्चालन गर्ने बोर्ड बैठकको निर्णय अनुमोदन गरेको छ ।
शनिबार कैलालीको धनगढीमा सम्पन्न क्यानको वार्षिक सभाले सो निर्णय अनुमोदन गर्ने निर्णय गरेको हो ।
वार्षिक साधारण सभाले कर्णाली प्रदेशका थप चार जिल्लाहरु दैलेख, कालिकोट, सल्यान र रुकुमलाई क्यानको नयाँ जिल्लाको रुपमा मान्यता प्रदान गर्ने निर्णय गरेको छ ।
साधारण सभाले ३९ जिल्ला, नयाँ मान्यता प्राप्त ४ जिल्लाहरु र ६ प्रदेशलाई दर्ता नम्बर तथा प्रमाणपत्र वितरण गर्ने निर्ण समेत गरेको छ ।
यसका साथै कार्यवाहक सचिवको रुपमा केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ललाई नै आगामी वार्षिक साधारणसभा सम्मका लागि नै निरन्तरता दिने बोर्ड बैठकको निर्णयलाई अनुमोदन गर्ने निर्णय गरेको छ ।
थप निर्णयहरुः