आईपीएलमा एउटा टिमले १४ लिग खेल खेल्ने
शुक्रबार, १३ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
मार्च २६ देखि मे २९ तारिखसम्म हुने आईपीएलको समूह ‘ए’ मा मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्था रोयल्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स रहेका छन् ।
त्यसैगरी समूह ‘बी’ मा चेन्नई सुपर किंग्स, सनराईजर्स हैदराबाद, रोयाल च्यालेन्जर्स बैंगलोर, पञ्जाब किंग्स र गुजराज टाइटन रहेका छन् ।
सहभागी १० टिमले समान १४ लिग खेल खेल्नेछन् ।
प्रत्येक टिमले अन्य ५ टिमसँग दुई पटक खेल्नेछन् भने अन्य ४ टिमसँग एक पटक खेल्नेछन् ।
त्यसपछि चारवटा प्लेअफ खेलहरु हुनेछन् ।
आईपीएलका खेलहरु मुम्बई र पुणेमा हुनेछन् ।
#आईपीएल







-1774523438835.jpg&w=3840&q=75)




-1774661800099.webp&w=3840&q=75)

-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)