काठमाडौं । नेपाल एपीएफ क्लब ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीपको फाइनल नजिक पुगेको छ ।
टियु क्रिकेट मैदानमा ललितपुर मेयर्स ११ लाई ७ विकेटले पराजित गर्दै एपीएफ फाइनल नजिक पुगेको हो ।
एपीएफको यो लगातार तेस्रो जित हो । यता लगातार तीन पराजय भोग्दै ललिपुर मेयर्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।
शुक्रबारको खेलमा ८१ रनको लक्ष्य एपीएफले १३ ओभरमा मात्र ३ विकेट गुमाउदै पुरा गर्यो ।
एपीएफको जितमा ज्योती पाण्डेले अर्धशतकिय इनिङ्स खेलिन् । ज्योतीले ४५ बलमा अविजित ५६ रन जोड्दा ११ चौका प्रहार गरिन् ।
रोमा थापा ११ रनमा अविजित रहिन् ।
ललितपुर मेयर्सका लागि अनुराधा चौधरीले एक विकेट हात पारिन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै ८० रन जोड्यो ।
ललितपुर मेयर्सका लागि सुमन खतिवडाले सर्वाधिक ३० रन जोडिन् । आरती विडारी २१ रनमा अविजित रहिन् ।
एपीएफका लागि करुणा भण्डारी र सुमन विष्टले एक–एक विकेट हात पारे ।