ओमानद्धारा नेपाललाई ८८ रनको लक्ष्य
२०२२ फेब्रुअरी २४, बिहिबारखेलपाटी संवाददाता

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत तेस्रो स्थानका लागि जारी खेलमा आयोजक ओमानले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ ।
अल अमेरात क्रिकेट मैदानमा ओमानले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन जोड्यो ।
ओमानका लागि जिसन मक्सुदले २१, अयान खानले १६ तथा नसिम खुसीले १५ रनको योगदान गरे ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने सर्वाधिक ३ विकेट हात पारे ।
सागर ढकाल, आरिफ शेख, कमल सिंह ऐरी, अविनाश बोहराले एक–एक विकेट लिए ।
#NepalvsOman