काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत तेस्रो स्थानका लागि आयोजक ओमानविरुद्ध नेपालले बलिङ गर्ने भएको छ ।
अल अमेरात क्रिकेट मैदानमा ओमानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाल बलिङमा उत्रिएको हो ।
सेमिफाइनलमा नेपालले युएई तथा ओमानले आयरल्यान्डविरुद्ध पराजित भएका थिए ।
पराजयसँग नेपाल र ओमान विश्वकप छनोट हुनबाट बञ्चित भएको थियो ।