काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत क्यानाडा पाँचौ भएको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा बहराईनलाई ७ विकेटले पराजित गर्दै क्यानाडा पाँचौ भएको हो ।
बहराईनले दिएको १ सय ३२ रनको लक्ष्य क्यानाडाले १४ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।
क्यानाडाको जितमा नभनित धलिवाल अविजित रहदै सर्वाधिक ५४ रनको योगदान गरे ।
रयान पठानले ३८ रन जोडे ।
बहराईनका लागि जर्ज एक्टेल, वासिम अहमद र जुनैद अजिजले एक–एक विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गर्ने निर्णय गरेको बहराईनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ३१ रन जोडेको थियो ।
बहराईनका लागि सिकन्दर विलाहले सर्वाधिक ३३ रन जोडे ।
क्यानाडाका लागि ह्यारी ठाकरले सर्वाधिक ४ विकेट हात पारे ।
कलिम सानाले २ विकेट लिए ।