काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत जर्मनी सातौं भएको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा फिलिपिन्सलाई ९ विकेटले पराजित गर्दै जर्मनी सातौं भएको हो ।
१ सय १० रनको लक्ष्य जर्मनीले १२ दशमलब ५ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो ।
जर्मनीका लागि माइकल रिचर्डसनले अविजित रहदै सर्वाधिक ५९ रनको योगदान गरे ।
जस्टीन ब्रोडले अविजित ५० रन जोडे ।
फिलिपिन्सका लागि एकमात्र विकेट हुजैफा मोहम्मदले लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ९ रन जोडेको थियो ।
फिलिपिन्सका लागि ड्यानियल स्मीथले सर्वाधिक ३५ तथा हेनरी टेलरले २३ रन जोडे ।
जर्मनीका लागि इलाम भारथीले सर्वाधिक ४ विकेट हात पारे ।
पराजयपछि फिलिपिन्स आठौं भएको छ ।