पोखरा । भिष्मराज पौडेल कास्कीका नवप्रवेशी टेनिस खेलाडीतर्फ च्याम्पियन बनेका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको फाइनल खेलमा राजेश गुरुङ्गलाई ६–३, ६–३ ले पराजित गर्दै भिष्मराजले पहिलो पटक सो उपाधि आफ्नो नाममा गरेका हुन् ।
यसैबीच प्रतियोेगिता अन्तर्गत सिनियर भेट्रान्स प्रतिस्पर्धापनि मंगलबारदेखि नै शुरु भएको छ । रेवान पोखराको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले एक समारोहका बिच उद्घाटन गरे ।
प्रतियोगिता उद्घाटन गर्दै भट्टराईले पोखरामा आयोजना हुने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिताहरुले पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिंका निर्वाह गरेको बताए ।
प्रतियोगिताको पहिलो दिनका खेलहरुमा राजु गुरुङ्ग, रोबर्ट जे.हान, राजन पौडेल,नविन चालिसे, केवी लामा, नविन श्रेष्ठ, गोपीबहादुर भट्टराई, धरमसिंह लामिछाने, इन्द्र गुरुङ्गले जित हाँसिल गरेका छन् ।
प्रतियोगितामा सिंगल तथा डबल्सतर्फ झण्डै ४० खेलाडीको सहभागिता रहेको छ ।