शुक्रबार, ०१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

युएईसँग नेपाल पराजित हुनुका कारण  

मंगलबार, १० फाल्गुण २०७८खेलपाटी संवाददाता
युएईसँग नेपाल पराजित हुनुका कारण  
Loading ad...
mustang rice ad

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा युनाईटेड अरब इमिरेट्स (युएई) विरुद्ध पराजय भोगेपछि नेपाल अष्ट्रेलियामा यसै वर्ष हुने टी–ट्वान्टी विश्वकपका लागि छनोट हुन असफल रह्यो । 

ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपालले युएईले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १८ दशमबल ४ ओभरमा अलआउट हुदै केवल १ सय ७ रन बनाउन सक्यो । 

परिणामस्वरुप ६८ रनको पराजय भोगेसँगै ८ वर्षपछि एकपटक पुनः विश्वकप खेल्ने सपना चकनाचुर भयो । 

युएईविरुद्ध पराजय भोग्नुका कैयौ कारण थिए ।

दोस्रो ओभरमै जितेन्द्र मुखियाले चिराग सुरीको विकेट लिदै नेपाललाई युएईमाथि हावी हुने अवस्था सृजना गरेको थियो। 

तर समूह चरणमा आयरल्यान्डविरुद्ध अविजित रहदै ६७ बलमा ९७ रन, जर्मनीविरुद्ध २९ बलमा ४० तथा बहराईनविरुद्ध ५२ बलमा अविजित ८४ रन बनाएका १९ वर्षीय भृत्या अरविन्दको विकेट छिटो लिन नसक्नु नेपालको पराजयको एउटा प्रमुख कारण थियो । 

२३ बलमा ४६ रन बनाउदै सन्दीप लामिछानेबाट आउट हुनु अघि सुरुआती ६ ओभरको पावरप्लेमै अरविन्दले ओपनर मुहम्मद वासिमसँग मिलेर ५८ रन बनाउन सफल भएका थिए । 

एकहिसाबले नेपालका लागि पराजयको सुरुआत नै थियो त्यो । 

अरविन्दले नेपाली फास्ट बलरहरुमाथि हावी भएपछि नेपाली बलरको आत्मविश्वास खस्किन पुगेको थियो । 

आठौ ओभरमा अरविन्दको विकेट गएपनि ४८ बलमै ७० रन जोडेका मुहम्मद वासिमले नेपाली बलरहरुमाथि हावी भइरहे ।  

तर तेस्रो विकेट लिन नेपालले धेरै ठिलो गर्यो जुन पराजयको अर्को कारण थियो । १७ ओभरमा तेस्रो विकेट लिनु र युएईले १ सय ३६ रन बनाइसक्नुले स्पष्ट संकेत गरेको थियो कि नेपालले ठूलो लक्ष्यको पछ्याउनुपर्नेछ । 

समूह चरणमा फिलिपिन्सबाहेक ओमान र क्यानाडामाथि जित निकाल्दा नेपालको ब्याटिङको खासै भूमिका थिएन भन्दा फरक नपर्ला । खासगरी बलरहरुकै भरमा नेपालले ओमान र क्यानाडामाथि महत्वपूर्ण जित निकालेको थियो । 

नेपालको कमजोर ब्याटिङ युएईविरुद्ध भने स्पष्ट देखियो । 

अनुशासित बलिङ गरेको युएईका तिव्रगतिका बलरसामु नेपाली ब्याटसम्यानलाई खुलेर खेल्न दिएनन । 

१ सय ७६ रनको लक्ष्य पछ्याउदा पहिलो ओभरमै दुई विकेट तथा १४ रन जोड्दा ३ विकेट गुमाउनु पक्कैपनि खराब सुरुआत थियो । 

ठूलो लक्ष्य पछ्याएको नेपालका लागि त्यो भन्दा ठूलो दवाव के होला ? 

नेपालका लागि जितका लागि चाहिने रनरेट बढ्दै गएपछि नेपाल झन दवावमा पर्दैगयो फलस्वरुप ठूला शट प्रहार गर्ने क्रममा विकेट गुमाउदै गयो । 

त्यतिमात्र नभएर नेपाली टोलीमा युवा क्रिकेटर तथा खासै अनुभव नभएका खेलाडीहरु थिए र यस्तो कठिन परिस्थितलाई उनीहरुले आफ्नो पक्षमा पार्न सकेनन ।

परिणामस्वरुप नेपाल विश्वकपको धेरै नजिक पुगेर पनि धेरै टाढा हुन पुग्यो । 
 

Loading ad...
LiNing Ad
#आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा