शुक्रबार, १३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

विद्या भूषण सेमिफाइनलमा 

मंगलबार, १० फाल्गुण २०७८खेलपाटी संवाददाता
विद्या भूषण सेमिफाइनलमा 
Loading ad...
mustang rice ad

धनगढी । धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तरगत मंगलबार लिटल फ्लावर स्कुल र विद्या भूषण गेटा विजयी भएका छन् ।

विद्या भूषणले स्टेपिङ स्टोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । विद्या भूषणको जित पछि लिटल फ्लावर उपाधि होडबाट बाहिरिएको छ । 

आज भएको दोस्रो खेलमा विद्या भूषण गेटाले स्टेपिङ स्टोन माथि ८७ रनको जित निकालेको हो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको विद्या भूषणले अर्जुन साउद र वीरेन्द्र नाथको उत्कृष्ट पारीसँगै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनायो ।

१ सय ८७ रनको विजयी लक्ष पछ्याएको स्टेपिङ स्टोनले १९.१ ओभरमा आफ्ना सबै विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । स्टेपिङका लागि दिनेश ओडले ३१, कप्तान अभिषेक कुवरले २१, विशाल विष्टले १२ र वीरेन्द्र चन्दले १० रन मात्रै बनाउन सके । 

बलिङ तर्फ विद्या भूषणका वीरेन्द्र नाथले ४, रोशन थापाले २, अर्जुन साउद, नरेन साउद, प्रवेश बुढ्थापा र वीरेन्द्र बमले समान १÷१ विकेट लिए । 
यस अघि विद्या भूषणका लागि विस्फोटक पारी खेलेका अर्जुन साउदले ३८ बलमा ८ छक्का र ७ चौकको मद्दतले ८९ रन बनाए । सुरुवाती पारी एक्लै सम्हालेका वीरेन्द्र नाथ ४७ बलमा ५४ रन बनाएर आउट भए । प्रदीप चन्दले १४ रन बनाए । बलिङ तर्फ स्टेपिङका कप्तान अभिषेक कुवरले ४ र आयुब चन्दले १ विकेट लिए । 

खेलको प्लेयर अफ दी म्याच वीरेन्द्र नाथ घोषित भए । सर्वाधिक छक्काको अवार्ड अर्जुन साउदले पाउँदा गेम चेन्जर अवार्ड अर्जुन साउँदले नै पाए । 
आजको पहिलो खेलमा लम्कीको गुरुकुल स्कुललाई ८ विकेटले पराजित गर्दै लिटल फ्लावर स्कुल विजयी भयो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको गुरुकुलले १७.५ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८५ रन मात्रै बनाउन सक्यो । ८६ रनको सामान्य लक्ष पछ्याएको लिटल फ्लावरले ५.२ ओभरमा २ विकेट गुमाएर लक्ष भेट्टायो । लिटल फ्लावरका लागि विपिन रावलले उत्कृष्ट अर्धसतकीय पारी खेले ।

१६ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका विपिन ५० रनमा अविजित रहे । सुवास ऐर ८ बलमा २० र प्रकाश जैसी १० रन बनाएर आउट भए । सुवास र प्रकाशको विकेट जानु कस्गरले लिएका हुन् । यस अघि गुरुकुलका लागि कृश शाहीले ३१ बलमा २२ र कुशल न्यौपानेले १२ बलमा १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहरो अङ्क छुन सकेनन् ।  बलिङ तर्फ लिटल फ्लावरका रुपेश थापाले ४ ओभर बलिङ गर्दै १४ रन खर्चेर महत्त्वपूर्ण ५ विकेट लिए । उसका सचिन भट्टले ४ ओभरमा १३ रन दिएर ३ विकेट र सार्थक बमले १ विकेट लिए । 

खेलको प्लेयर अफ दी म्याच रुपेश थापा घोषित हुँदा सर्वाधिक छक्काको अवार्ड विपिन रावलले पाए भने गेम चेन्जर अवार्ड सचिन भट्टले पाए ।  
 

Loading ad...
LiNing Ad
विद्या भूषण सेमिफाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

पुलिससँग हार्‍यो बागमती

पुलिससँग हार्‍यो बागमती

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

पुलिससँग हार्‍यो बागमती

पुलिससँग हार्‍यो बागमती

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

साँच्चिकै घाइते छन् एमबाप्पे ?

साँच्चिकै घाइते छन् एमबाप्पे ?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?