काठमाडौं । ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीपमा नेपाल एपीएफ क्लबले विजयी सुरुआत गरेको छ ।
टियु क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो खेलमा प्रदेश नं. १ लाई ६ विकेटले पराजित गर्दै एपीएफले विजयी सुरुआत गरेको छ ।
प्रदेश १ ले दिएको ५८ रनको लक्ष्य एपीएफले ११ दशमलब ४ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यो ।
एपीएफको जीतमा ज्योती पाण्डेले सर्वाधिक २३ रन जोडिन् ।
रोमा थापा १५ तथा ममता चौधरी २ रनमा अविजित रहे ।
राजमती ऐरी ४ तथा कप्तान सिता राना मगरले १ रनमा आउट भए ।
प्रदेश १ का लागि सवनम राईले २ तथा हेरमायी रोय र कप्तान रुविना क्षेत्रीले एक–एक विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ५७ रन मात्र बनाउन सक्यो ।
प्रदेश १ का लागि सवनम राईले सर्वाधिक १६ रनको योगदान गरिन् ।
अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन ।
एपीएफकी करुणा भण्डारीले सर्वाधिक ३ विकेट हात पारिन् ।
करुणाले ४ ओभर बलिङ गर्दा ३ मेडन ओभर फाल्दै केवल ५ रन खर्चिईन् ।
राजमती ऐरीले २ विकेट लिदा रेखा रावल र सुमन विष्टले एक–एक विकेट हात पारे ।