शुक्रबार, २३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

नेपाली क्रिकेटको त्यो कालो रातपछिको यो सुनौलो विहानी

मंगलबार, १० फाल्गुण २०७८सन्जिब कुमार साह
नेपाली क्रिकेटको त्यो कालो रातपछिको यो सुनौलो विहानी
mustang rice ad

काठमाडौं । केही महिना अघिमात्र नेपाल क्रिकेटमा एउटा ठूलो दुर्घटना टर्यो । 

दुर्घटना मात्र टरेन, एकहिसाबले भन्ने हो भने पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व उपकप्तान दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरी तथा अर्कोतर्फ नेपाल क्रिकेट संघ (क्यान) पनि कलंकित हुनबाट जोगिए ।  

मंसिर २९ गते क्यानले कारवाही गर्दै ज्ञानेन्द्रको कप्तान तथा दिपेन्द्रको उपकप्तान पद खोस्नुका साथै ज्ञानेन्द्र र दिपन्द्रसहित सोमपाल र कमललाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरुको ६ महिना नराख्ने निर्णय पनि लियो । 

ज्ञानेन्द्रको स्थानमा युवा लेग स्पीनर सन्दीप लामिछानेलाई कप्तान समेत चयन गर्यो । 

यसविरुद्ध ती चारजना खेलाडीमात्र होइनन राष्ट्रिय टिमका अन्य खेलाडी तथा क्रिकेट खेलाडी संघ नेपालले खुलेरै विरोध गरे । 

ती चारैजनाले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आउन सक्ने भनी क्यानलाई सचेत समेत गराएका थिए । 

सायद नेपाली क्रिकेटमा इतिहास लेखिनु थियो र त उनीहरुले ब्याट र बल छाड्नुपर्ने अवस्था आउन पाएन । 

राजनीतिक दलका शीर्ष नेताहरुले समेत यस विषयमा गम्भिर चासो देखाएका थिए र क्यानको कारवाही फिर्ता हुनुपर्ने धारणा व्यक्त गरे । 

धेरै छिटो नभएपछि धेरै ढिलो पनि नगरी पुस १८ मा क्यान र खेलाडीबीच सहमति भएपछि खेलाडीहरु आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि सुरु भएको बन्द प्रशिक्षणमा सहभागी भए ।

अन्ततः माघ १३ मा क्यानले औपचारिक रुपमै ज्ञानेन्द्रको कप्तान र दिपेन्द्रको उपकप्तान पद खोसेपनि चारैजना क्रिकेटरलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरुको ६ महिना नराख्ने निर्णय फिर्ता लियो । साथै क्यानले सेन्ट्रल कन्ट्रयाक्टमा समेत परिवर्तन गर्ने निर्णय गर्यो ।

यसले नेपाली क्रिकेटको ठूलो दुर्घटनालाई टार्न सफल भयो ।

दुर्घटना टर्नु सायद नेपाली क्रिकेटका लागि एउटा सुनौली विहानीको संकेत थियो ।

सायद एउटा इतिहास लेखिनु थियो र सबै समस्या समाधान भए ।

चारै जना क्रिकेटरले विश्वकप छनोटका लागि भएको बन्द प्रशिक्षणमा सहभागी भए, अस्वस्थताका कारण सोमपाल टिममा नअटाएपनि ज्ञानेन्द्र, दिपेन्द्र र कमल नेपाली टिमसँगै ओमान प्रस्थान गरे । 

खेलाडीहरुको एकता साथै प्रशिक्षक र कप्तानको रणनीतिले नेपालले विश्वकप छनोटमा एकपछि अर्को सफलता हात पार्दै गएको छ । 

अनुभवी र युवा क्रिकेटरले नेपालको दोस्रो पटक विश्वकप खेल्ने सपना साकार पार्न केवल एक खेल जित्नुपर्नेछ । केवल एउटा खेल जिते नेपाल यसै वर्ष अष्ट्रेलियामा हुने आईसीसी टी–ट्वान्टी विश्वकप खेल्नेछ । 

यस अवस्थासम्म आइपुग्न क्यान र कारवाहीमा परेका खेलाडीले देखाएको बुद्धिमतालाई सलाम गर्नैपर्छ । 

टीममा ज्ञानेन्द्र, दिपेन्द्र र कमल नभएको भए नेपालको विश्वकप छनोटको यात्रा कहाँसम्म गएर विश्राम लिन्थ्यो त्यो अनुमान लगाउने कुरा मात्र हुनेछ अब ।

वास्तविकता के हो भने उनीहरु सहभागी भएर (अन्य खेलाडीलाई कम आक्ने प्रयास भने यो पक्कै होइन्) टिम मोटिभेटेट छ र प्राप्त गर्नुपर्ने सफलतातर्फ लम्किरहेको छ ।

सायद नेपाली क्रिकेटका लागि बुधबारको विहानी एउटा सुनौलौ विहानीको रुपमा रहनेछ । 
 

LiNing Ad
#ज्ञानेन्द्र मल्ल #क्यान #दिपेन्द्र सिंह ऐरी #सोमपाल कामी #कमल सिंह ऐरी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

Bajaj Pulsar Motorcycle Ad
बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने