क्यानाडाद्धारा नेपाललाई ८१ रनको लक्ष्य
सोमबार, फागुन ९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत क्यानाडाले नेपाललाई ८१ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमेरातमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडा १५ ओभरमा अलआउट हुदै ८० रन जोड्यो ।
क्यानाडाका डिलोन हेलिगरले सर्वाधिक २४ रनको योगदान गरे ।
कप्तान नभनित धलिवालले १८ रन जोडे ।
रयान पठानले १४ रनको योगदान गरे ।
नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए ।
अविनाश बोहरा र कमल सिंह ऐरीले दुई–दुई विकेट हात पारे ।
कुशल मल्लले एक विकेट लिए ।
#NepalvsCanada
















-1762660030983.webp&w=3840&q=75)