क्यानाडाविरुद्ध नेपाल बलिङमा
२०२२ फेब्रुअरी २१, सोमबारखेलपाटी संवाददाता

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले क्यानाडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा क्यानाडाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्ने भएको छ ।
विश्वकप छनोट अन्तर्गत नेपालले क्यानाडाविरुद्धको जित हात पार्दै सेमिफाइनलको यात्रा तय गर्ने योजनामा रहेको छ ।
यता क्यानाडा पनि नेपाललाई पराजित गरेर अन्तिम चारको सम्भावना कायमै राख्न चाहन्छ ।
प्रतियोगिता अन्तर्गत नेपालले यस अघि आयोजक ओमान र फिलिपिन्सलाई पराजित गरेको थियो ।
#NepalvsCanada