आयरल्यान्ड र युएई सेमिफाइनलमा
२०२२ फेब्रुअरी २१, सोमबारखेलपाटी संवाददाता

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत युएई र आयरल्यान्ड सेमिफाइनलमा प्रवेश गरेका छन् ।
ग्रुप टु अन्तर्गत युएई, आयरल्यान्ड र बहराईनले समान दुई–दुई खेलमा जित हात पारेपनि नेट रनरेटका आधारमा युएई र आयारल्यान्ड अन्तिम चारमा प्रवेश गरेका हुन् ।
युएईले आफ्नो अन्तिम खेलमा बहराईनसँग २ रनले पराजित भएको थियो ।
यता अन्तिम खेलमा आयरल्यान्डले भने जर्मनीलाई ७ विकेटले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो ।
आयरल्यान्ड समूह विजेता तथा युएई उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
#ICCT20World Cup