काठमाडौं । आईसीसी टी–ट्वान्टीको वरीयतामा नेपाल यथावतै रहेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सोमबार सार्वजनिक गरेको वरीयताक्रम अनुसार १३ औं स्थानमा यथावत रहेको छ ।
यस अघि नेपाल १२ औं स्थान पुगेर पछि १३ औं स्थानमा झरेको थियो ।
वरीयतामा भने भारत शीर्ष स्थानमा उक्लिएको छ ।
इंग्ल्यान्ड भने दोस्रो स्थानमा झरेको छ भने पाकिस्तान तेस्रो स्थानमा रहेको छ ।
नेपालले अहिले ओमानमा जारी आईसीसी पुरुष टी–ट्वान्टी ग्लोबल छनोटमा सहभागिता जनाइरहेको छ ।
नेपालले ओमान र फिलिपिन्समाथि जित समेत दर्ता गरेको छ ।