काठमाडौं । रोहित शर्मा भारतीय टेस्ट क्रिकेट टिमका कप्तान चयन भएका छन् ।
दक्षिण अफ्रिाकाविरुद्धको टेस्ट सिरिजमा पराजय भोगेर विराट कोहलीले टेस्टको कप्तानबाट राजिनामा दिएका थिए ।
उनको स्थानमा रोहित शर्मालाई कप्तान चयन गरिएको हो ।
यस अघि कोहलीको स्थानमा रोहित टी–ट्वान्टी र एकदिवसिय टिमको कप्तान चयन भएका थिए ।
३४ वर्षीय रोहितको कप्तानको रुपमा पहिलो खेल श्रीलंकाविरुद्ध हुने छ ।
भारतले श्रीलंकाविरुद्ध दुई खेलको टेस्ट सिरिज खेल्दैछ ।
घरेलु टोली भारतले श्रीलंकाविरुद्ध पहिलो टेस्ट मार्च १ मा खेल्दैछ ।
४३ टेस्ट खेलेका रोहितले ३ हजार ४७ रन बनाएका छन् ।