न्युजिल्याण्ड एक इनिङ्समै विजयी
२०२२ फेब्रुअरी १९, शनिबारखेलपाटी संवाददाता

काठमाडौं । घरेलु टोली न्युजिल्याण्डले दक्षिण अफ्रीकाविरुद्धको पहिलो टेस्टमा एक इनिङ्स २ सय ७६ रनले विजयी भएको छ ।
क्राइसचर्चमा दक्षिण अफ्रीका दोस्रो इनिङ्समा १ सय ११ रन जोड्दा अलआउट भएपछि न्युजिल्याण्ड एकै इनिङ्समा विजयी भएको हो ।
दोस्रो इनिङ्समा दक्षिण अफ्रीकाका लागि टेम्बा बाभुमाले सर्वाधिक ४१ रन बनाए । यस्तै केलीले ३० रन जोडे ।
दक्षिण अफ्रीकालाई सस्तैमा समेट्न न्युजिल्याण्डका टिम साउथीले ५ विकेट लिए । म्याट हेनरी र निल वाग्नेरले २/२ किकेट लिए ।
यस अघि पहिलो इनिङ्समा न्युजिल्याण्डले ४ सय ८२ रन जोडेको थियो । न्युजिल्याण्डका हेनरी निकोलसले १ सय ५ रनको शतकीय इनिङ्स खेले ।
दक्षिण अफ्रीकाका डाउने ओलिभरले ३ विकेट लिए ।
पहिलो इनिङ्समा दक्षिण अफ्रीकाले ९५ रन जोडेको थियो ।
यस जितसँगै न्युजिल्याण्डले २ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
न्युजिल्याण्ड एक इनिङ्समै विजयी