उद्घाटनमा ललितपुर र सुदुरपश्चिम भिड्ने
२०२२ फेब्रुअरी १८, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं । दोस्रो संस्करणको ललितपुर मेयर्स कप महिला च्याम्पियनसिपको उद्घाटन खेलमा ललितपुर मेयर्स-११ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा ललितपुर र सुदुरपश्चिम भिड्ने भएका हुन् ।
टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेल फागुन १० गते हुनेछ । ललितपुर र सुदुरपश्चिमबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
पहिलो दिनको दोस्रो खेलमा एपीएफ र क्लब प्रदेश १ बीच खेल हुनेछ । दुई टिमबीच खेल दिउँसो १ बजे सुरु हुनेछ ।
फागुन १६ गतेसम्म संचालन हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ।
साविक विजेता एपीएफ, ललितपुर मेयर्स-११, लुम्बिनी प्रदेश, प्रदेश १ र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
उद्घाटनमा ललितपुर र सुदुरपश्चिम भिड्ने